कोप-२३ का लागि जलवायु साझा नीति तय

आजभोलि

ललितपुर । सन् २०१७ मईमा जर्मनीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन (कोप २३) मा प्रस्तुत गर्ने गरी तर्जुमा हुने साझा नीतिमा विभिन्न क्षेत्रका लागि अनुकूलन नीति, नीतिगत अन्तर र अवसरहरुका बारेमा छलफल गर्न यहाँ आयोजित क्षेत्रीय कार्यशालामा सहभागीहरुले सो धारणामा जोड दिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) र ग्रिड–यारेन्डलको सहकार्यमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को आयोजनामा भएको दुईदिने कार्यशालामा नेपालसहित अस्ट्रिया, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार, नर्वे, पाकिस्तान र थाइल्यान्डका ३२ जनाको सहभागिता रहेको छ ।

प्रस्तावित अनुकूलन नीतिको आउटलुकमा जल, खाद्यस्रोत, जङ्गल तथा जैविक विविधता र ऊर्जाको सहन उपलब्धता, विकासको स्थिति र समस्याको समाधानका लागि सम्भावित योगदानका बारेमा छलफल भएको छ ।

पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका लागि सरकारले विभिन्न नीति तथा कार्यक्रममार्फत अनुकूलनमा जोड दिएको उल्लेख गर्दै राष्ट्रिय अनुकूलन योजनामा कृषि तथा पशुपालनमा प्राथमिकता दिए ।

  • २१ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या