सुन तस्करीमा संलग्न भएको आरोपमा एसएसपी खत्री पक्राउ

आजभोलि

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न रहेको अभियोगमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई नियन्त्रणमा लिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस २१ गते भएको ३४ किलो सुन तस्करीमा एसएसपी खत्रीको संग्लनता रहेको वयानका आधारमा प्रहरी प्रधान कार्यालयबाट अनुसन्धानका लागि खत्रीला२ नियन्त्रणमा लिएको ब्युरो प्रहरीले जनाएको छ।

विमानस्थलमा तैनाथ एसएसपी खत्री र भन्सारका कर्मचारीबीचको ‘सेटिङ’मा दुवईबाट ल्याइएको उक्त सुन भन्सार चेकजाँच पार गरी विमानस्थलको गोल्डेन गेटसम्म आइपुगेको अवस्थामा ब्युरो प्रहरीले अबैध सुनसहित तीन जनालाई पक्राउ गरेको थियो।

त्यस लगत्तै विमानस्थलको भन्सार कक्षमा कार्यरत दुईजना भन्सारका कर्मचारी पक्राउ परेका थिए। उनीहरुले दिएको वयानका आधारमा एसएसपी खत्री पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयले खत्रीलाई माघ ३ गते नै अनुसन्धानका लागि भन्दै विमानस्थलबाट प्रधान कार्यालयमा फिर्ता बोलाएको थियो। प्रधान कार्यालयमा जगेडामा राखिएका खत्रीलाई नियन्त्रणमा लिई महाराजगञ्जस्थित ब्युरो प्रहरीको कार्यालयमा पुर्याइएको छ।

उनीहरुले नै दिएको बयानका आधारमा विमानस्थलको भन्सारमा कार्यरत भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाल पनि यसअघि नै पक्राउ परिसकेका छन्। यादव र ढकालले नै सुन तस्करीमा खत्रीलाई पोलेका थिए।
भन्सार विभागले पनि सुन तस्करीका विषयमा छानविन गर्न विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरे पनि समिति अनुसन्धानकै प्रक्रियामा रहेको बताइएको छ।

  • २३ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !