झापा । झापा–११ लाई १–० ले पराजित गर्दै दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ ।
सोमबार भएको फाइनलमा डोमलाल राजवंशी रंगशालामा भएको खेलको ६३औं मिनेटमा नाइजेरियन खेलाडी ओलावालेले गोल गर्दै मनाङलाई जिताएका हुन् ।निराजन मल्लले प्रहार गरेको बल झापाका गोलरक्षकबाट फुत्किएपछि ओलावालेले जाली चुमाएका हुन् ।
१० टोलीले सहभागिता जनाएको प्रतियोगितामा उपाधि जितेसँगै मनाङले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता झापाले साढे तीन लाख रुपैयाँ जितेको छ ।
प्लेयर अफ द टुर्नामेन्ट’ मनाङका रोहित चन्द र म्यान अफ द म्याच’मनाङकै निराजन मल्ल घोषित भए ।