निधीले देउवालाई टेरेनन् : विधी ठूलो की निधी ?

आजभोलि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले सरकारमा गएपछि पार्टी सभापति शेर बहादुर देउवालाई टेर्न छोडेका छन् । उनले पार्टी सभापति देउवाको सरसल्लाह भन्दा आफू अनुकुल कार्य गर्दै आएको बुढानिलकण्ठ श्रोतले जनाएको छ । देउवाका खास भित्रीया मान्छे भनेर चिनिएका निधी पछिल्लो समयमा एकाएक एकल मनमर्जी गर्दै आएको उक्त श्रोतले जनाएको छ ।

अहिले कांग्रेसीहरुमा प्रशासनले विधीले चल्छ की निधीले भनेर बहस हुने गरेको छ । उनको कार्यशैलीप्रति पार्टी भित्र असन्तुष्टि बढ्दै गएको छ । उनले गृह प्रशासनमा मनलाग्दी निर्णय गर्न थालेपछि प्रहरी प्रशास पनि चिढीएको छ ।

प्रहरी सरुवामा पनि नियमावली विपरित उनले सरुवा थालेपछि महानिरिक्षक अर्याल र गृहमन्त्री निधीबीच द्वन्द्व बढेको थियो ।

निधीले नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई समय नपुगी हटाउने निर्णय पछि प्रहरीले उनलाई टेर्न छाडेका छैनन् । यस्तै प्रहरी सरुवामा पनि नियमावली विपरित उनले सरुवा थालेपछि महानिरिक्षक अर्याल र गृहमन्त्री निधीबीच द्वन्द्व बढेको थियो । जसको कारण निधी निकै आलोचित भएका थिए ।

सिके राउतले देश विखण्डन गर्ने अभिव्यक्ति लगत्तै पार्टी सभापति शेर बहादुर देउवाले सरोकार राखे पनि गृहमन्त्री निधीले टेरेनन् ।

सिके राउतले देश विखण्डन गर्ने अभिव्यक्ति लगत्तै पार्टी सभापति शेर बहादुर देउवाले सरोकार राखे पनि गृहमन्त्री निधीले टेरेनन् । उनीले भारतको आँडमा सिके राउतलाई पक्रन आनाकानी गरे । तर पछि नागरिकको दबाबपछि मात्र उनले पक्राउ गर्न अघि सरे । पार्टी भित्र सबैले सिके राउत पक्राउ गर्न आग्रह गरेपछि पनि उनले चासो देखाएनन् । प्रहरीले पेश गरेको प्रमाणलाइ पनि उनले स्वीकारेनन् । उनले पार्टी तथा नीति कानुनलाई पनि अवलम्बन गर्न नमानेपछि कांग्रेस भित्र चर्को विवाद सिर्जना भएको थियो ।

पछिल्लो पटक प्रहरी महानिरिक्ष नियुक्तिमा पनि उनले आफ्नो मनमानी गर्न थालेका छन् । आइजीपी अर्यालको समयावधि फागुन ३ गते सकिदैछ । उनीसँगै सबै एआइजीहरुको पनि समय सकिने प्रहरीले जनाएको छ ।

विधी अनुसार जय बहादुर चन्द आइजीपी हुनु पर्ने आधार हुँदा हुदै निधी सिलवाललाई बनाउन लागेका छन् ।  

आइजीपी बन्ने लाइनमा डीआइजी जय बहादुर चन्द, नवराज सिलवाल र बम बहादुर भण्डारी छन् । तीनै जना डीआइजी हुन । यी मध्ये जय बहादुर चन्द कार्यदक्षता तथा क्षमताको आधारमा अघि छन् । विधी अनुसार जय बहादुर चन्द आइजीपी हुनु पर्ने आधार हुँदा हुदै निधीले सिलवाललाई बनाउन लागेका छन् ।  

पार्टी सभापति देउवाले विधी अनुसार चन्दलाई आइजीपी बनाउन भने पनि उनले सिलवाल बनाउने अडान लिइरहेका श्रोतले जनाएको छ । गहृ प्रशासन संचालन निधी प्रारम्भदेखि नै विवाद पर्दै आइरहेका छन् । तर उनी कार्यमा असफल हुँदै आइरहेका छन् ।

  • २६ माघ २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !