सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद १ वर्ष थप

आजभोलि

काठमाडौं । मन्त्रीपरिषद्को बैठकले  सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक थपेको छ ।  विहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले म्याद थप्ने निर्णय गरेको हो।  

विहान  डाकेको बैठक स्थगित भएको थियो। आयोगको म्याद थप्नै पर्ने भएकाले यसै प्रयोजनका लागि मात्र बैठक बसेको सचिवालयले जनाएको छ । पछि म्याद सकिनै लागेको आयोगका लागि मात्र मन्त्रीपरिषद्को बैठक बसेको थियो। आयोगको म्याद विहिवार नै सकिन लागेको थियो।

मन्त्रीपरिषद्को बैठक स्थगित भएपछि आयोगका कर्मचारीले बोर्ड र नाम प्लेट समेत हटाइसकेका थिए। पछि मन्त्रीपरिषद्को आकस्मिक बैठकले म्याद एकवर्ष थपेपछि बोर्ड र नाम प्लेटहरु राखिएको थियो । दुई वर्षका लागि आयोग गठन गरिएको थियो।

  • २७ माघ २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !