स्ववियु निर्वाचन अन्यौलमा : क्याम्पस प्रमुखले नै भने निर्वाचन गर्न सकिदैन्

आजभोलि

काठमाडौं। त्रिभुवन विश्व विद्यालय तथा संस्कृत विश्व विद्यालय अन्तरगतका क्याम्पसमा यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्योलमय बन्दै गइरहेको छ । त्रिविवि प्रशासनले निर्वाचनको मिति तोके पनि प्राविधिक तयारी गर्न सकेको छन् । क्याम्पसमा तालावन्दी, उमेर हदबन्दी र विद्यार्थी संगठनबीचको द्वन्दवको कारण तयारी हुन नसकेको त्रिविवि प्रशासनले जनाएको छ ।

निर्वाचन सम्बन्धी छलफलका लागि त्रिविविका उपकुलपति डा. तिर्थ खनियाले डाकेको उपत्यकाका क्याम्पस प्रमुखहरुको बैठकमा सबै क्याम्पस प्मुखहरुले आफूहरु असुरक्षित भएको बताएका छन् । उनीहरुले यस्तो अवस्थामा निर्वाचन गर्न नसकिने जानकारी दिएको एक श्रोतले बताएको छ । उनीहहरुले आफूलाई विभिन्न विद्यार्थी संगठनहरुले धम्की दिइरहेको जनाकारी समेत दिएको श्रोतले जनायो ।

देशभरका अधिकांश क्याम्पसमा निर्वाचन समिति गठन भएका छैनन् । निर्वाचन आयोगको कार्यालय पनि सथपना भएको छैन् । संगठन दर्ताको लागि पनि अन्यौलता देखिएको छ । साथै नेपाली विद्यार्थी संघको असन्तुष्ठ पक्षर माओवादी विप्लव नेतृत्वको विद्यार्थी सग्ठनले क्याम्पसमा ताला लगाएको छ । यसले निर्वाचन प्रकृयालाई अझ थप अन्यौलता बढाएको छ ।

निर्वाचनको लागि होमिनु पर्ने विद्यार्थी संगठनहरु नै तायरीमा देखिदैनन् । नेपाल विद्यार्थी संघले निर्वाचनका लाथि जिल्ला प्रतिनिधि तोकेको छैन् । विवादित क्याम्पसहरुमा इकाई गठन गरेका छैन् । अहिले सम्म घोषणा पत्र समेत तयार गर्न सकेको छैन् ।

एमाले नजिक अखिलले पनि जिल्लातथा क्याम्पस  संयोजक तोक्न सकेको छैन् । अध्यक्ष नविना लामा र महासचिव ऐन महरबीचको द्वन्द्वले धेरै क्याम्पसमा समस्या देखिएको छ । उसको घोषणा पत्र सार्वजनिक भएको छैन् ।

माओवादी केन्द्र तथा मधेश केन्द्रति दल निकट विद्यार्थी संगठनहरु पनि हालत उस्तै छ । उनीहरुको तयारी फिलतो रहेकोछ ।

त्रिविविले जारी गरेको निर्वाचन तालिका अनुसार फागुन १ गते मतादाता नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । जबकी क्याम्पसमा निर्वाचन समिति नै गठन गरेको छैन् । धेरै क्याम्पसमा विद्यार्थी भर्ना हुन पनि बाँकी छ । जहाँ विवाद बन्दै आएको छ । मतदाता नामावली प्रकाशन गर्न कठीनाई रहेको देखिन्छ ।

  • २८ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !