नवलपरासी । रिपोर्टर्स् क्लब नेपाल नवलपरासीले शुक्रबार परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछिमात्र स्थानीय तहको निर्वाचन घोषणा गरिने बताएका छन् ।
गृहमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता र छलफल गरी सीमांकनलगायत सबै समस्या समाधान गरेर सरकार देशलाई समाधान दिन लागिपरेको स्पस्ट गरे ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेको संवाद सुरु भएको र संवाद सकारात्मक भएकाले संविधान संशोधनको प्रस्ताव सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।