बाजुरामा रोपवे सेवा शुरु

आजभोलि

बाजुरा । बाजुराको बडिमालिकामा ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । उक्त सेवा  स्थानीयले उत्पादन गरेको आलु फापरलगायत खाद्यान्न बाली ओसारपसार गर्न संचालनमा ल्याएको जनाइएको छ । उक्त सेवाबाट दुई सय चार घरधुरीका परिवार  लाभान्वित भएका छन् ।

यसमा ७ लाख ९१ हजारको जनश्रमदान र मानव संसाधन केन्द्र विकास परियोजनाको १८ लाख ६५ हजारबाट रोपवे बनाइएको उपभोक्ता समितिका अध्यक्ष नीरबहादुर शाहीले जानकारी दिए। रोपवेको उचाइ नौ सय आठ मिटर छ । जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वयमा रोपवे निर्माण गरिएको हो ।

  • २९ माघ २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या