काठमाडौं । सामाजिक सञ्जाल सगुन डटकमले दुई करोड डलर अर्थात् करिब दुई अर्ब नेपाली रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई लक्षित गरी निष्कासन गरेको छ । यसको लागि कम्तिमा पनि ३० हजारको सेयर किन्नु पर्ने जनाईको छ ।
सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रतिकित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु गरेको सगुन नेपाल च्याप्टरका जनसम्पर्क प्रमुख अजयबाबु सिवाकोटीले जानकारी दिए ।
उनका अनुसार कम्तीमा २९९ डलरमा १३ कित्ता सेयर किनेर सगुनको मालिक बन्न सकिनेछ । त्यसभन्दा बढी पनि इच्छाअनुसार सेयर खरिद गर्न सकिनेछ ।