अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल

आजभोलि

पौष २३, काठमाडौं । राजधानीको जोरपाटीमा आयोजित एक सहकारीको साधारण सभामा बोल्दै संसाद रामेश्वर फुयाँलले अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन हुनु पर्ने बताए । 

पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था गोकर्णको दशौ बार्षिक साधारण सभाको प्रमुख अतिथि समेत रहेका फुयाँलले सहकारी नीतिको कार्यन्वयनमा जोड दिदै व्यवस्थित र मार्यदित बनाउन राज्यले महत्वपुर्ण भूमिका खेल्नु पर्ने उल्लेख गरे । साथै सहकारीलाई उत्पादनको मूख्य केन्द्र बनाउन अग्राह गरे । उनले सरकारको बार्षिक बजेटका कुरा समेत संविधानमा आउनु पर्ने बताउँदै आर्थिक सम्पननतालाई सामाजिक जागारणमा जोड दिनु पर्ने बताए । 

त्यस्तै शिक्षा मन्त्रालका उपसचिव प्रकाश सापकोटाले सहकारीमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पनि लगानी गर्नु पर्ने बताए । कार्यक्रममा बोल्दै उक्त सहकारीका सल्लाकार डाक्टर विदूर चालिसेले सहकारी प्रणलीको विकास संगै विश्वको व्यक्तिहरुको जीवनयापनमा सहज भएको बताउँदै साझेदारीबाट सहकारीको सिद्धान्त र परिकल्पना भएको उल्लेख गरे । 

उक्त कार्यक्रममा जया मल्टिपल क्याम्पसका प्रार्चाय भवनी पौडेलले सहकारीमा बचत गर्ने कार्यले मान्छेको व्यवहारमै सकारात्मक परिवर्तन आउने भएकोले सबैले बचत गर्ने कार्यलाई सशक्त रूपमा सबै लाग्न प्रेरित गरे । साथै बच्चाहरुको अध्ययनमा समेत सहयोग मिल्ने भएकोले कानुनी मापदण्ड पुगेका जुनसुकै सहकारीमा बचत गर्ने कार्य उत्कृष्ठ रहेको समेत बताए । 

आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सहकारी भन्ने मूल नारा सहित स्थापना भएको सहकारीले दश वर्ष पार गरेको उल्लेख गर्दै सहकारीको अध्यक्ष हरिकृष्ण श्रेष्ठले आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत पछि संस्थाको वार्षिक गतिविधि संगै उत्कृष्ठ बचत कर्ता, ऋणी कारोबार, शेयर सदस्य र कर्मचारीलाई समेत पुरस्कार सहित सम्मान गरे । 

  • २६ पुष २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !