सुदूरमा सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुने

आजभोलि

कैलाली । कैलालीको अत्तरियामा सर्बाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । युनाइटेड अत्तरिया स्पोर्टस क्लवले शुक्रबार पत्रकार सम्मेला गरी आगामी बैशाख १४ गतेदेखि अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो ।

विभागीय टोलीसहितको सहभागितमा हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उप विजेताले नगद १ लाख पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद २५ हजार, प्रतियोगिताकी उत्कृष्ट ब्याट्सउमन, बलर र विकेट किपरले १० र १० हजार तथा प्रत्येक खेलको उमन अफ द म्याचले ३ हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष रवि खनालले जानकारी दिए ।

लिगकम नकआउटको आधारमा खेलाईले प्रतियोगितामा प्रत्येक टीमले ४ जनासम्म विदेशी खेलाडीहरु राख्न पाउनेछन् । प्रतियोगिता अत्तरियास्थित सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीको खेल मैदानमा आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

  • २९ माघ २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !