हुलाकी मार्ग सरकारको प्राथमिकता -प्रचण्ड

आजभोलि

रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा हिमाल पहाड र तराईका माग र अधिकारका लागी १० वर्षे जनयुद्ध गरेको बताए । प्रचण्डले पहाड हिमाल मधेशका हक अधिकारको लागी संविधान संसोधन प्रक्रियालाई सहमतिद्धारा टुङ्गयाइ छिटो भन्दा छिटो निर्वाचन गराउने बताएका छन ।

जनयुद्धको उपलब्धीलाई स्थापित गर्नका लागी सविधान संशोधन अपरिहार्य रहेको उनले बताएका थिए । निर्वाचन गराउनका लागी संविधान संशोधन प्रक्रिया आपसी सहमति र बैठकद्धारा गम्भीर रुपले छलफल गरी निर्णय गर्न आवश्यक रहेको बताएका थिए ।

राजनीतिक अस्थिरताका कारण देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेकोले राजनीतिक स्थिरता कायम गर्न पहल भइ रहेको प्रधानमन्त्री प्रचण्डले दावी गरेका थिए ।

मधेशको विकासका लागी बाटो विस्तार तथा सडक बचाउ अभियान सफल गर्न वर्तमान सरकार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । आर्थिक सम्वृद्धि विकासका लागि कृषी ऋणलाई बढाउने जानकारी दिए । सोही क्रममा जिल्लाका माध्यमिक स्तरका छात्रालाई १५ सय साइकल वितरण कार्यक्रमलाई वितरण गर्दै सोही मञचबाट धन्यवाद व्यक्त गरे । जनता माध्यमिक सोनरनियालाई १० लाख विज्ञान अध्ययन प्रवृद्धिका लागि प्रधानमन्त्रीले दिने घोषणा गरेका थिए ।

हुलाकी राज्य मार्गलाई प्रथम प्राथमिकतामा राखेको घोषणा गरेका थिए । गौर राइस मिलको जग्गा अधिग्रहण गर्ने प्रतिवद्धता जनाउदै जिल्लाका भुमाफियालाई कार्यवाही गर्न समेत निर्देशन दिए । रौतहटका गाविस जिगडवामा मुशायारा कार्यक्रम लाई उद्घाटन गर्दै मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्ने बताए

  • २९ माघ २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !