पोखर । । कास्कीको पुम्दीकोटमा निर्माणाधीन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण गरिने भएको छ । यसका लागि कार तथा मोटरसाइकल ¥याली आयोजना गरिएको छ ।
थप रकम संकलनका लागि फागुन ३ गतेदेखि १३ गतेसम्म पुम्दीकोटमा गर्न लागिएको शिवपूराण महायज्ञको सन्दर्भ पारेर पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवद्र्धन उपभोक्ता समितिको संयोजनमा करिब २५० कार र ३०० मोटरसाइकलसहितको ¥यालीले पोखरा क्षेत्रको परिक्रमा गरेको थियो ।
पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण गरी पोखराको पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ अभियान बढेको जानकारी दिँदै समितिका संयोजक चन्द्रकान्त बरालले मूर्ति निर्माणसहितका लक्षित कार्य सम्पन्न गर्न रु ३५ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको बताए ।
।