नेपाल प्रहरीको २५ औं प्रमुखमा चन्द : सशस्त्रमा श्रेष्ठ

आजभोलि

काठमाडौं, फागुन १ । मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी  नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुख भएका छन्।  त्यस्तै सशस्त्र प्रहरीको महानिरीक्षकमा सिंहदरवार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चन्द १४ महिना नेपाल प्रहरी प्रमुखका रूपमा रहनेछन्। उनी २०४४ सालबाट प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनी अनुसन्धानमा दख्खल राख्छन्। उनले ट्राफिक प्रमुख हुँदा पनि उल्लेख्य  कार्य गरेका थिए । सधै मिडियामा आउन नचाहाने चन्द कामप्रति विश्वास राख्छन् ।  

नेपाल प्रहरी र सशस्त्र प्रहरीका बहालवाला महानिरीक्षक क्रमशः उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईको पदावधि फागुन ३ गतेबाट सकिने भएपछि सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । सरकार प्रवक्ता सुरेन्द्र कुमार कार्कीले जनाकारी दिएका छन् ।

  • १ फाल्गुन २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या