नायिका खड्काले एकिकृत माझी बस्ती बनाउने

आजभोलि

चौतारा । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा ६३ परिवारका लागि एकिकृत नमुना बस्ती नायिका श्वेता खड्काले आवश्यक सहयोग गर्ने जनाएको छ ।
 स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताउनुभयो ।

“हामीले सरकारी अनुदानबाटै एकिकृत नमुना बस्ती बनाउने सोच राखेका छौँ, स्थानीय झ्याँडी टोलसुधार समितिका अध्यक्ष दिनेश माझीले बताए ”– “त्यसैले भूकम्पपीडित ६३ परिवारका लागि निकासा भएको पहिलो किस्ता समितिकै नाममा खाता खोली एकमुस्ट बैंकमा जम्मा गरेका छौँ ।”

एकिकृत बस्तीका लागि सट्टापट्टा गरेर भए पनि एकै ठाउँमा जग्गाको व्यवस्था मिलाइने बस्नेतले जानकारी दिए । एकिकृत बस्ती बसाउन २८ रोपनी जमिन आवश्यक पर्ने जनाएको छ ।

  • २ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !