फागुन १ मा शोक दिवस

आजभोलि

 काठमाडौं । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन् । माओवादीले ‘जनयुद्ध’ दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन् ।

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको नेतृत्वमा रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा पीडितले फागुन १ लाई शोक दिवसका रुपमा मनाएका हुन् । पीडितले सिंहदरबार दक्षिण गेटमा  दुई घन्टा धर्ना दिँदै न्याय दिन मागेका थिए । अमर प्रहरी सहिद परिवारसँग मिलेर नेपाली कांग्रेसनिकट पीडितले यस्तो कार्यक्रम गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

धर्नापछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर १२ बुदे ज्ञापनपत्र बुझाए।   सरकार, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी संघसंस्था, सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलगायतको ध्यानाकर्षण गराउँदै १२ बुँदे ज्ञापनपत्र बुझाइएको पीडितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

द्वन्द्वसँग सरोकार नभएका व्यक्ति पनि पीडित बनेको, दण्डहीनता र कानुन हातमा लिने प्रचलन विकास भएको, पीडक पुरस्कृत र पीडित दण्डित हुने उल्टो चक्र विजारोपण भएको विज्ञप्तिमा उल्लेख छ।

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले सबै पीडितले न्याय पाउनेमा आफू ढुक्क भएको बताए । न्याय दिनकै लागि गठन भएका सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले सर्वोच्चको आदेश अनुसार ऐन संशोधन भएपछि तीव्र गतिमा पीडितका पक्षमा काम गर्ने आवश्वास देउवाले उनीहरूलाई दिएका थिए।

  • २ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !