अदालती फैसला भए पनि ट्रम्पले कार्यकारी आदेश जारी राख्ने

आजभोलि

काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका उच्च सल्लाहकार स्टिफन मिलरले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्ने पक्षमा फैसला सुनाएको संघीय पुनरावेदन अदालतको आलोचना गरेका हुन् ।

अमेरिकाको संघीय पुनरावेदन अदालले गत बिहीबार वासिङटनको सिएटल संघीय अदालतले गरेको निर्णयलाई सदर गर्दै राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो ।अदालतको निलम्बन तथा प्रदर्शनका बाबजुद पनि ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गर्ने तयारी गरेको पनि बताइएको छ ।

ट्रम्प प्रशासनले सिएटल अदालतको फैसलाको विरोधमा पुनरावेदन अदालतमा अपिल दर्ता गरेको थियो । राष्ट्रपति ट्रम्पको ओदश विरुद्ध विभिन्न संघीय अदालतमा मुद्दा दर्ता भएका छन् र अमेरिकासहित विश्वभर प्रदर्शन भएको छ । (एजेन्सी)

  • २ फाल्गुन २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !