काठमाडौं । मन्त्रीपरिषद्को बैठकले एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । यो सरकारले एक चोटीको लागि प्रहरी नियमावली संशोधन गरेर पोखरेललाई बनाएको जनाइएको छ । उनी उनी प्राविधिकतर्फका एआईजी हुन् ।
शुक्रबार सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, सर्वोच्चले यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।निवर्तमान प्रमुख उपेन्द्रकान्त अर्यालले पनि सोमबार साँझ अवकास पाएका छन् ।
पोखरेल सर्वोच्च आदालतको फैसला नआएसम्मलाई निमित्त प्रमुख रहनेछन् । यसरी प्राविधिक तर्फका एआइजीलाई यस्तो जिम्मेवारी दिएको पहिलो पटक हो ।