स्ववियु निर्वाचन स्थगित हुने पक्काः विद्यार्थी संगठन खेले दोहोरो भूमिका

आजभोलि

काठमाडौं । फागुन १४ का लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुने चरणमा पुगेको छ । विद्यार्थी संगठनको विरोधको कारण त्रिभुवन विश्वविद्यालयले निर्वाचन प्रकृया अघि बढाउन सकेको छैन् । क्याम्पसमा लगाएको तालाबन्दीको कारण निर्वाचनसँग सम्बन्धि कार्यहरु अघि बढ्न नसकेको जनाइएको छ ।

आज त्रिवविले उपत्यकामा गरेको क्याम्पस प्रमुखहरुको भेलामा सबै क्याम्पस प्रमुखहरुले यथास्थितिमा निर्वाचन हुन नसक्ने जनाएपछि त्रिविवि निर्वाचन स्थागित गर्ने मनस्थितिमा रहेको छ । तत्कालै त्रिविवि कार्यकारी परिषद्को बैठकबाट निर्णय लिने तयारी गरिहेको उपकुलपतिको कार्यालयले जनाएको छ ।

क्याम्पस प्रशासमा नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्ष तथा विप्लव माओवादी विद्यार्थीले ताला लगाएपछि निर्वाचन प्रकृया अघि बढ्न सकेको छैन् । उनीहरुले २८ वर्षे उमेर हदको विषयलाई लिएर ताला लगाएको जनाएका छन् । फागुन १ गते गर्ने भनिएको मतदाता नामावली प्रकाशन हुन सकेको छैन् ।

नेपाल विद्यार्थी संघ तथा एमाले अखिलको दोहोरो भूमिका भएकाले निर्वाचन समस्या देखिएको छ । नेविसंघ केन्द्रीय नेताहरु नै दुइ भागमा बाँडिएका छन् अध्यक्ष नैनसिंहर महर निर्वाचनको पक्षमा रहेको देखिएको छ भने अन्य केन्द्रीय नेताहरु २८ वर्षे उमेर हदको विरोध गर्दै आइरहेका छन् ।

एमाले अखिलमा पनि अध्यक्ष नविना लामा र महासचिव ऐन महरबीचको द्वन्द्वले अखिल पनि प्रत्येका क्याम्पसमा विभाजित देखिएको छ । सँगै विप्लव माओवादी अखिलले पनि अबरोध गर्दै आइरहेको छ ।

  • ३ फाल्गुन २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !