डिआइजी सिलवाल बिरुद्ध मिटरब्याज प्रकरणमा रिट दायरः रिट सर्वोच्चको प्राथमिकतामा परेन (रिट निवेदनसहित)

आजभोलि

काठमाडौं । डिआइजी नवराज सिलवाल बिरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।  मिटरब्याज प्रकरणमा पीडित गुनबहादुर थापाका छोरा सागर थापाले निवेदन दर्ता गराएका छन् । सिलवालले आफू एसएसपी हुँदा पाँच सय प्रतिशतभन्दा बढी ब्याजमा आफ्ना बाबु शम्भुलाई ऋण दिएको र ब्याजसहित सबै रकम चुक्ता गरे पनि झूटो मुद्दा लगाएर फसाएको आरोप सोमबार दायर गरिएको रिटमा उल्लेख छ।

थापाले आफू र आफ्नो परिवार डीआइजी सिलवालबाट अन्यायमा परेको जिकिर गर्दै रिट दर्ता गरेका हुन् । अदालतले यो रिटलाई ०८४४ नम्बरमा दर्ता गरेको छ । तर उक्त रिट सर्वोच्चले प्राथमिकता भित्र पारेन् । यसलार्य साधारणरुपमा लिएर तत्काल कुनै आदेश वा प्रकृया अघि बढाएन् । अदालतले मंगलवार तोकेको पेशी पनि स्थगित गरेको छ ।

निवदेक थापाका अनुसार  आफूले धेरै अघिदेखि गृहमन्त्रालयमा डीआइजी सिलवालविरुद्ध निवेदन दिन खोजें, तर निवेदन नै दर्ता गर्न मानेको छैन । प्रहरी महानिरीक्षकको कार्यालयले पनि दर्ता गरेर नम्बर दिन मानेको छैन, अख्तियारमा निवेदन दर्ता भए पनि अहिलेसम्म कुनै चासो देखाइएको छैन । धेरै लामो प्रयासपछि बल्ल  सर्वोच्च अदालले आफ्नो निवेदन दर्ता गरेको दुखेसो गरे । आफू आशावादी रहेको उनले बताए ।

 

  • ४ फाल्गुन २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !