डडेल्धुरा । यात्रु बोकेर डडेल्धुरा जिल्लाको भागेश्वरबाट खलंगाबजार आउँदै गरेको से१ज ८३३ नम्बरको महिन्द्रा जीप अमरगढी नगरपालिकाको ठूलोखोला भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उक्त जीप सडकबाट एक सय मिटर तल झरेको थियो । दुर्घटना सडक साँघुरो भएको र बाटोको अवस्था अराब भएकोले उक्त दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा भागेश्वर गाविसका गणेश सार्की, लक्ष्मण भट्ट, जयानन्द भट्ट, मदेब चटौत र नरपती पाण्डे रहेका छन् । सोही गाविसका दिवाकर पाण्डे र पदमबहादुर मल्ल पनि उपचारकाक्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु जनाएको छ ।
बाँकी घाइते ५ जनाको क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । उक्त जीपमा १२ जना यात्रु रहेका थिए ।