प्रचण्ड, देउवा र ओली भन्छन् निवाचन गरः क्याम्पस प्रमुख भन्छन् सकिदैन्

आजभोलि

काठमाडौं । फागुन १४ गते तोकिएको स्वतन्त्र विद्यार्थीको युनियनको निर्वाचनको मिति नजिकिदै जादा अन्यौलता बढेको छ । तीन प्रमुख राजनीतिक दलहरु निर्वाचन गराउन आदेश दिएका छन् । तीन दलहरुको बैठकपछि प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षाको व्यवस्था सरकारले मिलाउने जनाएका छन् । र उनले निर्वाचन गराउन निर्देशन दिएका छन् ।

निर्वाचन गर्न सरकारले निर्देशन दिए पनि अवस्था कठीन बन्दै गइरहेको छ । निर्वाचनको विषयलाई लिएर विप्लव माओवादी विद्यार्थी संगठनले ताला लगाएको छ । निर्वाचनलाई लिएर कैलालीको लम्कीबाट लम्की बहुमुखी क्याम्पसका प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्ट अपहरणमा परेका छन् ।  यसअघि त्रिविवि रेक्टरको गाडी जलाइ सकेको छ ।

अधिकांश क्याम्पसमा तालाबन्दी रहेको छ । आफूहरुलाई भौतिक कारवाही गर्ने धम्की आएको क्याम्पस प्रमुखहरुले उपकुलपतिसँगको बैठकमा बताएका थिए ।  सरकारले सुरक्षा दिने भने पनि अवस्था सहज नभएको एक जना क्याम्पस प्रमुखले बताए ।

विप्लव माओवादी विद्यार्थी संगठनले यथास्थितिमा निर्वाचन गरे आफूहरुले सशक्त आन्दोलन गर्ने बताएका छन् । यसै गरी नेपाल विद्यार्थी संघ भित्र पनि ठूलो समूह असन्तुष्ट रहँदै आएको छ ।

तर त्रिविवि प्रशासन भने जसरी निर्वाचन गर्ने तयारीमा रहेको जनाएको छ । यसले गर्दा दोहोरो झडप हुने सम्भावना आशंका गरिएको छ ।  

  • ४ फाल्गुन २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !