उप्राध्यापक छनौटमा अनियमितता भएको भन्दै त्रिविवि सेवा आयोगमा अख्तियारको छापा

आजभोलि

काठमाडौ, फागुन ५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा छापा मारि विभिन्न परिक्षा सम्वन्धि सामाग्रीहरु तथा उत्तर पुस्तिकाहरु नियन्त्रणमा लिएको छ ।

वुधवार त्रिभुवन विश्वविद्यालयमा गएको अख्तियारको टोलीले त्रिविवि सेवा आयोगले विभिन्न समयमा लिएको उपप्राध्यापकको परिक्षाका उत्तर पुस्तिका लगायतका सामाग्रीहरु जफत गरेको हो । अख्तियारको टोलीले विभिन्न २२ वटा विषयमा भएको परिक्षाको उत्तर पुस्तिका लगायतका सवै फाइलहरु जफत गरि छानवीन थालेको हो ।

अख्तियारका प्रवक्ता सहसचिव जीवराज कोइरालाले त्रिविवि सेवा आयोग वाट लिइएका उपप्रध्यापकका परिक्षा सम्वन्धि विभिन्न डकुमेन्टहरु नियन्त्रणमा लिइएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लोकसेवा आयोगको सिद्धान्त विपरित परिक्षा सञ्चालन गरेको र परिक्षा सञ्चालन गरेपछि परिक्षाको कापी परिक्षण गर्दा तथा परिक्षा सञ्चालन गर्दा समेत अनियमितता गरेको भन्दै छानवीनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । राष्ट्रिय सर्तकता केन्द्रले समेत त्रिवि सेवा आयोगले परिक्षा सञ्चालन गर्दा अनियमितता गरेको पाइएकाले आवश्यक छानवीन गर्न अख्तियारमा पत्राचार गरेको थियो । सर्तकता केन्द्रको पत्राचार र अन्य उजुरीको आधारमा अख्तियारले त्रिविवि सेवा आयोग माथि छानविन थालेको हो ।

अख्तियारका प्रवक्ता कोइरालाले त्रिविवि सेवा आयोगले परिक्षा सञ्चालन गर्दा अनियमितता गरेको भन्ने उजुरी आएकाले छानवीन थालिएको र छानवीनका क्रममा परिक्षा सम्वन्धि सम्पुर्ण सामाग्रीहरु नियन्त्रणमा लिईएको वताए । ‘परिक्षामा गम्भीर अनियमितता भएको भन्ने गुनासाहरु समेत आएकाले त्यस माथि गहन छानवीन र अनुसन्धान थालिएको प्रवक्ता कोइरालाले जानकारी दिए । अख्तियारमा शिक्षा हेर्ने उपसचिव रामप्रसाद सुवेदीको नेतृत्वमा गएको अख्तियारको टोलीले आयोगका छापा मारेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिविविको परिक्षामा अनियमितता भएको भन्ने प्रारम्भिक प्रमाणहरु देखिएकाले आयोगले केहि दिन अघि मात्रै छानवीन गर्ने निर्णय गरेको थियो । आयोगले औपचारिक रुपमा छानवीन गर्ने निर्णय गरे लगत्तै अख्तियारको टोली वुधवार त्यहा छापा मार्न पुगेको हो ।

अख्तियारका अनुसार जफत गरेर ल्याइएका कापीहरु मध्ये केहि परिक्षण हुन समेत वाकी रहेका छन् । आधा भन्दा वढि कपी भने परिक्षण भइसकेका छन् । ती सवै कपीहरु अख्तियारको विज्ञ टोलीले पुन जाच गर्ने जनाइएको छ ।

अख्तियारले छापा मारेर ल्याएका केहि फाइलहरु भने त्रिविवि सेवा आयोगले परिक्षा लिएर अन्तर्वाता समेत लिएर अन्तिम नाम प्रकाशन भइसकेका अवस्थाका छन् । अख्तियारले लगेका २२ विषय मध्ये आधा जति विषयको भने रिजल्ट निकाल्न वाकी नै रहेको छ । अख्तियारले परिक्षा सम्वन्धि सवै फाइल लगेपछि त्रिविवि सेवा आयोगको परिक्षा तथा नतीजा निकाल्ने सवै कामहरु रोकिएको छ ।

यस अघि कपी परिक्षण गरेर लिखित तथा अन्तर्वार्ता दुवैमा नाम निकाल्न सफल भएका भनिएकाहरुको समेत कापी पुन परिक्षण हुन सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारका एक अनुसन्धान अधिकृतका अनुसार अन्तिम रिजल्ट निकालिसकेका कपीमा अनिमितता भएको देखिए त्यस्ता रिजल्टहरु रद्ध हुने छन् भने कपी परिक्षण गर्नेहरु माथि समेत छानवीन हुन सक्छ ।

अख्तियारका प्रवक्ता कोइरालाले पनि त्रिविविमा अध्यापन गराउने विषय जस्तो संवेदनशील विषय भएकाले छानवीन र अनुसन्धानलाई नै विशेष किसिमले अघि वढाइने वताए । नयाँ पत्रिकामा समाचार छ ।

  • ५ फाल्गुन २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !