काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका लागि तीन आयुक्तलाई सपथ गराएको छ । नयाँ सपथ ग्रहण नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह रहेका छन् । तीन जना आयुक्तको नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ ।
नेपालको संविधानको धारा २४५ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले एक समारोहकाबीच शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयुक्तको पदमा नियुक्त गरी सपथ गराएको हो ।