नमस्कार! गुड !! अंकमाल कि चुम्बन !!! कुन राम्रो ?

आजभोलि

गोपाल ढकाल (मनोविद्)

कसैसँग भेट हुँदा तपाई के गर्नु हुन्छ ? नमस्कार, गुड, अंकमाल कि चुम्बन ? हाम्रो समाजमा प्रायः नमस्कार नै प्रचलनमा आउने गर्दछ । नमस्कार ! आरामै हुनुहुन्छ ? – अँ, आरामै । यसरी नमस्कारबाटै शुरु हुन्छ बोलचालको क्रम र यसरी नमस्कारले एक अर्कालाई नजिक ल्याउन पनि मद्दत गरिरहेको हुन्छ । तर यसो विचार गर्नुहोस् त ! नमस्कार गर्दा नमस्कार गर्ने व्यक्तिहरूबीच कतिको आत्मीयता (माया,प्रेम) झल्किरहेको हुन्छ ?

मस्कारमा प्रायःउमेर पद प्रतिष्ठा आदि कुराको ठूलो अहमता हुन्छ । नमस्कार गर्दा प्रायः सानाले नै पहिले हात उठाउनु पर्ने हुन्छ  र सकेसम्म टाढैबाट गर्नुपर्ने हुन्छ । नमस्कार गर्न अलि ढिला भयो कि कसैको मनमा शंका पलाउन थाल्छ –ठूलो भयो नमस्कार पनि गरेन ।

नमस्कार गर्दा व्यक्तिहरूबीच सामान्यतया सामाजिक दुरी (३.६ मि – १.२२ मि.) कायम रहेको हुन्छ र यो दूरी जति बढी भयो सम्बन्ध त्यति नै कम घनिष्ट भएको मान्न सकिन्छ । नमस्कार गर्दा प्रत्युत्तर आउनै पर्छ भन्ने हुँदैन । प्रत्युत्तरमा टाउको मात्र हल्लिन सक्छ वा एक हातमात्र उठ्न सक्छ । यसमा सुनेको नसुन्यै गर्ने प्रवृृत्ति बढी हुन्छ । नमस्कारका नाउँमा चाकरी, चाप्लुसी, ज्यू ज्यू, हजुर हजुर गर्नेहरू पनि त्यत्तिकै भेटिन्छन् । औपचारिकता पूरा गर्न गह्रौँ हात पार्दै हातजोडी टोपल्ने कर्मचारी र प्रत्युत्तरमा टाउको हल्लाउँदै हिँड्ने हाकिमबीच नमस्कार चल्दा कतिको मान सम्मान, माया, प्रेम झल्किन्छ सहजै अनुमानगर्न सकिन्छ ।

हामीकहाँ सानाले ठूला बडा, मान्यजन प्रतिमान सम्मान दर्साउन उहीहरूको खुट्टामा घोप्टो परेर साष्टाङ्ग दण्डवत् गर्ने परम्परा छ । खुट्टा ढोग्ने ढोगाउने बीचको साइनो घनिष्ट हुन्छ (बाबु–छोरा, काका–छोरा आदि) तर उनीहरूबीचको सम्बन्धमा भने प्रायः ठूलो फाटो ९न्बउ० देखिरहेको हुन्छ । यसमा ठूलाले सानालाई आफ ूसमान ठानेको हुँदैन ।

गुड गर्दा (हातमिलाउँदा) दुई व्यक्तिबीचको दूरी नमस्कार गर्दा जति हुँदैन । गुड गर्ने व्यत्ति एक अर्काको व्यक्तिगत क्षेत्र (४७ से.मि. – १.२२ मि.) मा प्रवेश गर्दछन् । मान्छेले व्यक्तिगत क्षेत्रभित्र कमैलाई मात्र छिराउने हुँदा गुड प्रायःचिनेजानेका, समान उमेर, पद, प्रतिष्ठा भएका व्यक्तिसँग मात्र  गरिन्छ । अपरिचित व्यक्तिसँग गुड भन्दा नमस्कार गर्नु नै हामी सजिलो मान्दछौँ । आफूभन्दा ठूला बडा तथा विपरित लिङ्गी व्यक्तिसँग गुड गर्न त्यति सजिलै बढ्दैनन् हाम्राहातहरू । केटा र केटी साथी एकै ठाउँमा हुँदा गुड गर्ने सवालमा कहिलेकाही साह्र्रै कप्ठेरो पर्छ हामीलाई । गुड कसैसँग सम्बन्ध बढाउने नमस्कार भन्दा राम्रो माध्यम हो । गुड गर्दा हुने हातको स्पर्शले, भावनात्मक रुपमा आत्मीयता बढाउन मद्दत गरिरहेको हुन्छ ।

अंकमाल गर्दा अंकमाल गर्ने व्यक्तिहरू एकअर्काको अन्तरंग क्षेत्र (१५ से.मि. – ४५ से.मि.) भित्रप्रवेश गर्दछन् । अन्तरंग क्षेत्र भित्रप्रवेश गर्ने अधिकार सामान्यतया आमा, बुबा, छोरा, छोरी, आफन्तका बच्चाहरू तथा एकदमै नजिकको मित्रलाई मात्र हुन्छ । व्यक्ति अन्तरंग क्षेत्रमा प्रवेश गर्ने हुँदा अंकमाल गर्दा व्यक्तिहरूबीच गुड गर्दाको भन्दा बढी माया ममता झल्किन्छ । अंकमाल गर्दा एक अर्कालाई सहारा, सान्त्वना मिल्नुको साथै भावनात्मक रुपमा एक अर्कामा जोश, जाँगर, उर्जाको प्रवाह पनि भइरहेको हुन्छ । कुनै कुराको डराएको बालक आमाबुबाको अँगालोमा बाँधिन पुग्नु, दुःख कष्ट पर्दा मान्छेहरू आफ्नो आत्मीयव्यक्तिको अँगालोमा परेर रुनु यसैका उदाहरण हुन् । अँगालोमा बाँधिने व्यक्तिहरूमा एक अर्काप्रति बढी विश्वास र भरोसा हुन्छ ।

चुम्बनमा पनि अँगालोमाझैँ व्यक्तिहरू एक अर्काको अन्तरंग क्षेत्रमै हुन्छन् । तर पनि हामी अंकमाल गर्ने सबैलाई चुम्बनगर्न सक्दैनौँ । हामीकहाँ प्रेमी–प्रेमिका, श्रीमान्–श्रीमान्, छोरा–छोरी बाहेक अरुलाई चुम्बनगर्ने चलन छैन । पाश्चात्य मुलुकजस्तो स्वतन्त्रता छैन चुम्बनगर्ने कुरामा । चुम्बनगर्दा व्यक्ति एक अर्काको अन्तरंग क्षेत्रमा पर्ने हुँदा एक अर्काप्रति बढि विश्वस्त त हुन्छ नै, साथै चुम्बनगर्दा शरीरका कोमल अंगहरूसँग मुखको स्पर्श हुने हुँदा चुम्बनगर्ने व्यक्तिहरूलाई केही मात्रामा भएपनि आनन्दको अनुभूति हुन्छ र यसले एक अर्का बीचको समबन्धमा प्रगाढता ल्याउन पनि मद्दत गर्दछ ।

हामी धेरैलाई नमस्कार गर्छौ । तीमध्ये कमैसँग मात्रहात मिलाउँछौँ । अझ कमसँगमात्र अंकमाल गर्दछौँ । चुम्बन त हामी नगण्य व्यक्तिसँगमात्र गर्न सक्छौँ । हामीले यो स्वभावलाई उल्टाइदिने हो भने के होला? ‘चुम्बन’अनिमाया प्रेम, आत्मीयता र अझ सुमधुर सम्बन्धको सुरुआत !

त्यसो भए जेसुकै होस् मेरो तर्फबाट पाठकलाई एक मिठो चुम्बन ………….

  • ६ फाल्गुन २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !