इलाममा पत्रकार महासंघको समानान्तर अधिवेशन

आजभोलि

इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाको दशौं अधिवेशन छुट्टाछुट्टै दुई स्थानमा आयोजना गरिएको छ । स्वतन्त्र पत्रकारहरु तथा नेपाल प्रेस युनियन र संघीय प्रेस फोरम आबद्ध नेपाल पत्रकार महासंघ इलाम शाखा सदस्यहरुको शनिबार सम्पन्न भेलाले युवराज भट्टराई विप्लव को अध्यक्षतामा समिति गठन गरेको छ भने प्रेस चौतारी र प्रेस सेन्टरआबद्ध पत्रकार महासंघका सदस्यहरुको भेलाले आइतबार समिति गठन गर्ने तयारी गरेको छ ।

विप्लब भट्टराईको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गणेश घिमिरे र बन्दना राई, सचिवमा टीका खतिवडा, सहसचिवमा दिनेश सुवेदी , वेदमाया मुखिया (सोनु० र कोषाध्यक्षमा प्रेम अधिकारी रहेका छन् ।

महिला सदस्यमा सुजता सुनुवार र जनजाति सदस्यमा सुप्रिया श्रेष्ठ रहेका छन् । यसैगरि सदस्यमा सोमनाथ सुसेली, विजयशेखर भट्टराई, तोयानाथ भट्टराई, प्रभाकर प्रधान, सुदिप श्रेष्ठ र  ठोमनाथ तिम्सिना रहेका छन् ।

केन्द्रिय पार्षंदहरुमा सुवास गुरागाई, धर्मराज शर्मा (धड्कन), कुवेर निरौला, दिपकराज शर्मा, हरिप्रसाद लुइटेल, होम ढकाल, लोकेन थेवे, मौषम बस्नेत, ठाकुर नेपाल, जीवन शर्मा, युवराज गौतम, उर्मिला सुवेदी, राम योङहाङ, माधव घिमिरे रहेका छन् ।

यसैगरि प्रदेश पार्षदमा गगन घिमिरे, देवीप्रसाद अधिकारी, कृष्णकला खतिवडा, गोविन्द पौडेल, गोविन्द मिश्र, सविता पाण्डे, रेश्मा अधिकारी, टंक खनाल, सरस्वती लिम्बु, नुतन रञ्जितकार, रञ्जन घिमिरे ९राजु०, दुर्गाभवानी पोख्रेल, सुवास भट्टराई, सरोज कटुवाल, राजिव न्यौपाने, सरोज खतिवडा, कमला थापा र मिना खतिवडा रहेका छन् ।

नेपाल पत्रकार महासंघको विधानविपरित अधिवेशन आयोजना गरिएको भन्दै प्रेस युनियनले गत ३ गते नै ज्ञापन पत्र बुझाएको र  प्रेस युनियन र संघिय प्रेस फोरमले  ५ गते पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेका थिए । विधानत अधिवेशन गर्ने मिति पछि सार्नुपर्ने लगायतको माग पत्रकार महासंघको नेतृत्वले सुनुवाई नगरेको भन्दै लगाइएको ताला अझै पनि खुलेको छैन ।

पत्रकारहरु विचको राजनैतिक मतभेदका कारण अन्तत इलाम जिल्लामा नेपाल पत्रकार महासंघ इलाम शाखाको दुई वटा समिति बन्ने निश्चित भएको छ । यसै बिच प्रेस चौतारी र प्रेस सेन्टरले गरेको उद्घाटन कार्यक्रम युनियन र संघीय प्रेस फोरमले बहिस्कार गरेको छ ।

  • ७ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !