महेन्द्रनगरमा सुदूर महोत्सव शुरु

आजभोलि

कञ्चनपुर । स्थानीय तथा राष्ट्रियस्तरका वस्तु तथा सेवाको विस्तारसँगै पर्यटन प्रवद्र्धन गर्न सुदूरपश्चिमाञ्च औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव महेन्द्रनगरमा सुरु भएको छ । उक्त महोत्सव फागुन १५ गतेसम्म चल्नेछ । यसमा १ सय ७५स्टल रहने आयोजकले जनाएको छ ।

नेपाली कांग्रेसका सांसद बहादुरसिंह थापाले महोत्सवको उद्घाटन गर्दै पर्यटन व्यवसायलाई अगाडि बढाइएमा यहाँका युवाहरुले रोजगार पाउने भएकाले पर्यटन प्रर्वद्धनका गर्नु पर्ने बताए । ।

महोत्सवमा हस्तकला, घरेलु उद्योग, कृषि औजार, मौलिक परिकार, सांस्कृतिक पहिचान झल्कने र व्यापारिक वस्तु, जडिबुटी, पस्मिना, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, ऊर्जा, सूचना प्रविधि लगायतका बस्तु रहनेछन् । महोत्सवमा सुदूरपश्चिमका देउडा, हुड्केली र छलियासँगै राना थारु समुदायको संस्कृति झल्किने गीत र नृत्य समेत प्रस्तुत गरिने जनाएको छ ।

File Photo

  • ७ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !