मानवअधिकार वर्ष पुस्तक २५ औं वर्षमा

आजभोलि

काठमाडौं । नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन भएको २५ वर्ष पुगेको छ । यो पुस्तक प्रत्येक वर्ष प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक हुँदै आइरहेको छ । इन्सेकले यो पुस्तक सन् १९९२ देखि नियमित रुपमा प्रकाशन गर्दै आइरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोध राज प्याकुरेलले जनाएका छन् ।

उक्त पुस्तक फागुन ७ मै काठमाडौं बाहिर विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा एकै समयमा सार्वजानिक भएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।

यस वर्षको पुस्तकमा सन् २०१६ मा देशभरी मानवअधिकार उल्लंघन तथा ज्यादतीका ४ हजार ५ सय २ घटनाहरुको तथ्यांक सहित विवरण समावेश गरिएको छ । र, यो वर्ष सबैभन्दा बढी महिला अधिकार उल्लंघनका घटनाहरु घटेको जनाएको छ ।

मानवअधिकार  वर्ष पुस्तकमा ७५ ओटै जिल्लामा घटेका मानवअधिकार उल्लंघन तथा ज्यादतीको घटनाहरुलाई  समावेश गरिन्छ । जसमा जिल्लागत तथ्यांक तथा घटनाहरु राखिएको छ ।  

यस पुस्तकमा २५ वर्षको मानवअधिकारको समिक्षा तथा पुनरावलोकन गरिएको छ । यस पुस्तकलाई अनलाइनमा हेर्न तथा पढ्न सकिन्छ । यसका लागि    http://www.inseconline.org मा लगअन गर्न सकिने इन्सेकले जनाएको छ ।

  • ७ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !