तत्काल
राजनीतिसमाचारसमाज

राष्ट्रियसभा निर्वाचनको बल्ल साइत जुर्यो : मुकाम तोकिएन

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको हो । उक्त बैठक सरकारी निवास बालुवाटारमा बसेको थियो । तर बुहचर्चित प्रदेश सभाको अस्थायी सदरमुकाम भने तोकिएन । उक्त विषयमा सोमवार बस्ने मन्त्री परिषद्को बैठकले निर्णय गर्ने जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विशेष भेटपछि मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको हो । निर्वाचन आयोग माघ २६ गते सिफारिस गरे पनि सरकारले माघ २४ मै तोकेको हो । यसले अब सरकार बनाउने तथा आगामी बाटो खुला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *