तत्काल
राजनीतिसमाचार

युवा नेता विश्वप्रकाश शर्मा कांग्रेस प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्मा प्रवक्तामा मनोनित भएका छन् । सभापति देउवाले शर्मालाई मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका छन् ।

शर्मालाई १२औँ महाधिवेशनपछि प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ ९३० बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् । शर्मा युवा पुस्ताका लोकप्रिय नेता हुन् ।

१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी झापा १ बाट चुनाव लडेका थिए । यस अघि केन्द्रयि सदस्य गगन थापालाई पार्टी प्रवक्ता मनोनित गरिएको हल्ला चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *