तत्काल
समाचारसमाज

सर्वोच्चबाट डा. केसीलाई साधारण तारिकमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गरेको छ । उनलाई अदालतको अवहेलना आरोपमा गत सोमबार पक्राउ गरिएको थियो । बुधबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

डा। केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र कृष्णप्रसाद भण्डारीलगायतले बहस गरेका थिए । सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र श्याम खरेललगायतले बहस गरेका थिए ।

डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएपछि बुधबारअदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुईओटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न पनि आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *