तत्काल
मुख्य समाचारराजनीतिसमाचारसमाज

राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । निर्वाचन सातैओटै प्रदेशमा रहेका उच्च अदातलमा हुनेछ ।

जसअनुसार प्रदेश नम्बर १ को मोरङमा हुने निर्वाचनका लागि राजकुमार खतिवडा, प्रदेश नम्बर २ को धनुषामा हुने निर्वाचनका लागि राधाकृष्ण उप्रेती, प्रदेश नम्बर ३ को ललितपुरमा हुने निर्वाचनका लागि बालमुकुन्द दवाडी, प्रदेश नम्बर ४ को कास्कीमा हुने निर्वाचनका लागि दीपेन्द्र अधिकारी, प्रदेश नम्बर ५ को दाङमा हुने निर्वाचनका लागि हेमन्त रावल, प्रदेश नम्बर ६ को सुर्खेतमा हुने निर्वाचनका लागि मेदिनीप्रसाद पौडेल, प्रदेश नम्बर ७ को डोटीमा हुने निर्वाचनका लागि जयानन्द पनेरु तोकिनुभएको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *