ओली बिरामी भएकाले पार्टी एकता रोकियो – प्रचण्ड

आजभोलि

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी नभएको भए दुई दिनअघि नै पार्टी एकता टुंगिन सक्ने बताउँदै उहाँले भने पार्टी एकताबारे छलफल चलेर उस्तै परे दुई दिन अगाडि टुंग्याउने भन्ने केपीजी र मेरो कुरा भएको थियो तर उहाँलाई बिसञ्चो भएकाले छलफल हुन सकेन, त्यसैले यो विषय टुंग्याउन ढिलो भयो ।

सरकार गठन अगाडि नै नेकपा ९एमाले० र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए । राष्ट्रियसभाको निर्वाचनपछि मात्रै सरकार गठन हुने भन्दै पार्टी एकताका लागि सरकार गठन पर्खिन आवश्यक नरहेको बताए ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन शाखाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकताका विषयमा दुई पार्टीका बीचमा सकारात्मक ढंगले छलफल अगाडि बढिरहेको बताए ।

प्रचण्डले भने पचास÷पचास प्रतिशत होइन, त्यो गलत कुरा हो, केही साथीले बोल्नुभयो, आज मैले साथीहरुलाई कोही पार्टी एकताबारे बाहिर पत्रपत्रिका बोल्न जरुरी छैन, नेतृत्व तहमा गम्भीर छलफल भएको छ ।
दुई पार्टीका दुई जना नेता भनेर पहिले नै निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले दुई जना नेतालाई समुचित भूमिका दिने कुरामा हामीभित्र बिमती र विवादको अवस्था नरहेको पनि स्पष्ट पारेका छन् । अहिले अध्यक्ष र प्रधानमन्त्रीमा होइन, सुशासन र देशको समृद्धिमा, राष्ट्रिय एकतामा हाम्रो ध्यान केन्द्रीत छ ।

दलहरुका बीचमा आज काठमाडौँमा सकारात्मक छलफल भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने समझदारी बनेको बताए ।

  • २० पुष २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या