प्रधानन्यायधिशलाई अदालत भित्रको माफिया भएको आरोप लगाएका डा.केसी प्रहरीद्वारा पक्राउः अदालतको मानहानी भएकोले पक्राउ पूर्जी

आजभोलि

काठमाडौं । अनसनस्थलबाट डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतको मानहानी गरेको कारण पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका थिए ।

सर्वोच्च अदालतको फैसलाको ३ घण्टापछि प्रहरीले डा। केसीको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको प्रहरीले सोमबार राति त्रिवि शिक्षण अस्पताल महराजगन्जस्थित अनशनस्थलबाटै उनलाई पक्राउ गरेको हो । उनलाई असनसनमै बसेको अवस्थामा राति ८ बजेतिर पक्राउ गरिएका डा। केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीको अभिव्यक्तिले सर्वोच्च अदालत र मातहतका अदालतबाट भएका फैसला तथा न्यायालयको अवहेलना गरेको ठहर गर्दै डा.केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामालाई प्रमुख माग बनाइ डा. केसीले सोमबार अपराह्न ४ बजेदेखि अनशन सुरु गरेका थिए ।यसैबीच, काठमाडौं प्रहरीका प्रमुख एसएसपी रवीन्द्र धानुकले डा। केसीको मानवअधिकारको सम्मान गर्दै हिरासतमा राखिएको र मंगलबार बिहान अदालतमा पेस गरिने बताए ।

डा. केसीले सर्वोच्चका प्रधानन्यायधिश गोपाल पराजुली मान नै नभएकाले कसरी हानी हुन्छ । जसको मान हुन्छ त्यसको मात्र हानी हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । उनले प्रधानन्यायधिश पराजुली अदालत भित्रको अपराध गर्ने माफियाको संज्ञा दिएका थिए ।

  • २४ पुष २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !