काठमाडौं । डा. गोविन्द केसीको पक्राउबारे प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्ट व्यक्त गरेका छन् । उनले पक्राउ गर्नु भन्दा पहिले आफूलाई कुनै जानकारी नदिई पक्राउ गरेको बताएका छन् । रातारात पक्राउ गरेकोमा प्रधानमन्त्रीले श्चर्य व्यक्त गरेका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयले जनाए अनुसार सर्वोच्चको आदेशमा तुरुन्तै पक्राउ गर्नू भनिएकै छैन। भोलि बिहान ९ बजे उपस्थित गराउनू मात्र भनेको छ । किन रातारात पक्राउ गर्नु पर्यो ? अहिले समातेर कस्टडीमा राख्नुपर्ने कुनै कारण थिएन। उनी भोलि बिहान आफैं जान सक्थे वा प्रहरीले लान सक्थे ।
प्रहरी महानिरिक्षकले प्रधानन्यायधिशको आदेशमा पक्राउ गरिएको बताइएको छ । गृहमन्त्रालयको जिम्मा समालेका प्रधानमन्त्रीलाई जानकारी नदिइ पक्राउ गरेकोमा देउवा आक्रोसित बनेका छन् । उनले प्रहरीसँग जानकरी माग समेत गरेका छन् ।