माओवादी मन्त्रीको नाटक, प्रदेश प्रमुख तोक्नु भन्दा अगाडि नै विना विभागीय मन्त्रीले राजिनामा दिने

आजभोलि

काठमाडौं । जबरजस्ती सरकारमा बसी रहेका माओवादी केन्द्र  विना विभागिय मन्त्री प्रदेश प्रमुख तोक्नु भन्दा पहिले सरकारबाट राजीनामा दिन लागेको छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले उनीहरुलाई विना विभागिय मन्त्री बनाएपछि पनि विभिन्न बाहानामा सरकारमा बसेर सेवा सुविधा लिइरहेका थिए । उनीहरुले सरकारमा सहभागी मन्त्रीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन् ।

तीन महिना पहिले माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले उनीहरुलाई वि नाविभागिय मन्त्री बनाएको थियो । तर उनीहरुले नैतिकताको आधारमा राजीनामा नदिएर बाहनाबाजी गर्दै सरकारमा बसेर शक्तिको दुरुपयोग गर्दै आइरहेका थिए । निर्वाचनमा सरकारी शक्ति प्रयोगको लागि उनी मन्त्री पदबाट हट्न मानेका थिएनन् । जब सरकारले महत्वपूर्ण निर्णय गर्न लाग्यो त्यही समयमा उनीहरु सरकारबाट बाहिरिने नाटक गर्न थालेका छन् । सरकारको निर्णयलाई प्रभावित पार्न खोजिरहेको देखिन्छ ।

विनाविभागीय मन्त्रीहरुले आज राजीनामा बुझाउन लागेको सो पार्टीले जनाएको छ ।  विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई राजीनमा बुझाउन लागिएको जानकारी दिए ।

सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई जिम्मेवारीमुक्त गर्नुभएको थियो । निर्वाचनको सुनिश्चितताका लागि हामी सरकारमा थियौ निर्वाचन सम्पन्न भएको छ । हामीले धेरै अपजस सहेर पनि निर्वाचन सम्पन्न गरायौँ, वाम गठबन्धनले जीत हासिल गरेको छ । हाम्रो जिम्मेवारी हामीले पूरा गर्यौ भन्ने लागेको छ”, विनाविभागीय मन्त्री शाहीले बताए ।

  • २७ पुष २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !