पृथ्वीनारायण शाहको शालिक ढाल्नेहरु १२ वर्षपछि माल्याणपण गर्न लामबद्ध

आजभोलि

काठमाडौं । भनिन्छ, १२ वर्षमा बग्ने नदीले पनि बाटो परिवर्तन गर्दछ । पृथ्वी जयन्तीको सन्दर्भमा पनि यस्तै संयोग मिल्यो । २०६२/६३ को जनआन्दोलन पछि पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय मेलमिलाप दिवस मनाउन छोडिएको थियो । ठीक १२ वर्षपछि यो वर्ष सरकारी तवरबाट यो दिवस मनाइएको छ । र, सरकारले राष्ट्रिय विदा दिएको छ ।

गजबको संयोग त के छ भने, १२ वर्ष अघि जसले पृथ्वी नारायण शाहको शालिक ढालेका थिए, तिनै शालिकमा माल्याणपण गर्न लामबद्ध देखिन्थे । हिजो सामन्ती शासक भने सत्तोसराप्नेहरु अहिले राष्ट्र नायकको संज्ञा दिन थालेका छन् । पृथ्वी जयन्तीको अवसरमा डा. बाबुराम भट्टराईले ट्वीटर मार्फत शुभकामना दिएका छन् । अर्का नेता नारायणकाजी श्रेष्ठले काठमाडौंको एक कार्यक्रममा पृथ्वी नारायण शाहको प्रशंशा गरे । यसरी शालिक ढाल्नेहरु शालिक निर्माणमा लागिरहेका छन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी थिए । प्रधानमन्त्र शेर बहादुर देउवा पृथ्वी जयन्तीमा शुभकामना सन्देश दिएका छन् । राष्ट्रिय विदा समेत दिएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा. गंगाप्रसाद उप्रेती पृथ्वीनारायण शाहका राष्ट्रिय एकतासम्बन्धी दिव्योपदेशलाई कार्यान्वयनमा ल्याएमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । पण्डित विश्वप्रेम भट्टराई सरकारले ढिलै भए पनि पृथ्वीनारायण शाहलाई सम्मान गरेर राम्रो कामको थालनी गरेको बताए । सरकारले पृथ्वीनारायण शाहको योगदानलाई ढिलै भए पनि सम्झेको छ, अब मुलुक सशक्त भएर अगाडि बढ्नेछ, उहाँले भने ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव पृथ्वीनारायण शाहका दिव्योपदेश नयाँ ढंगबाट अध्ययन गर्नुपर्ने बताए । पृथ्वीनारायण शाहले लामो समयको नेपाललाई कल्पना गरेर दिव्योपदेश दिनुभएको हो, यो अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

गोरखाका राजा शाहले विसं १८०१ असोज २ गते नुवाकोट विजय गरेपछि पृथ्वीनारायण शाहले तत्कालीन बाइसे तथा चौबीसेसहितका साना राज्य एकीकरण गरेर मुलुकलाई एकसूत्रमा बाँधेका थिए ।

  • २७ पुष २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !