सन नेपाल लाइफ इन्स्योरेन्सको महेन्द्रनगरमा शाखा विस्तार

आजभोलि

भास्कर के.सी, कञ्चनपुर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित वडा नं. १८ मा गल्ली नं. १ को फ्रि लाइनमा आफनो शाखा विस्तार गरेको छ । देशभरि ११ शाखा खोलिएको र १२ औं शाखाको रुपमा विहिबार पुस २७ गते पृथ्वी जयन्ती साथै एकता दिवसको अवसर पारेर शाखा विस्तार गरेको छ । साथै कञ्चनपुरमा रहेका धेरै बीमा कम्पनीहरु मध्ये यस सन नेपाल लाइफ इन्स्योरेन्स कं.ले शाखा प्रमुखको रुपमा महिला पुष्पा चन्दलाई कार्यभार दिएको छ ।

२०६४ असोज २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई बीमा ऐन २०४९ अन्तर्गत जीवन बीमा व्यवसाय गर्ने बीमकको रुपमा कार्य गर्न बीमा समितिबाट २०७४ साउन १८ मा बीमक दर्ता प्रमाणपत्र प्राप्त गरि मिति २०७४ असोज ०६ गतेका दिनमा सामाजिक सेवा दिवसको अवसर पारेर जीवन बीमा व्यवसाय कारोबार शुरु गरेको थियो । छोटो समयमै देशभर आफ्नो शाखा विस्तार गरी सेवाग्राहीलाई सेवा दिँदै आएको दाबी गरेको छ ।

बालबच्चालाई उच्च शिक्षाको अवसर दिन, बुढेसकालमा सुखपूर्वक जीवन बिताउन, आश्रितहरुको आर्थिक स्थिति जोगाउन र अनिवार्य वचत गर्न सहयोग पु¥याउने उद्देश्यले खोलिएको जीवन बीमाले हाल ५ प्रकारका बीमा योजना प्रचलनमा ल्याएको छ । सन लाइफ सावधिक जीवन बीमा, नवीन आजीवन जीवन बीमा, १५ वर्षे सार्थक आजीवन जीवन बीमा, भाग्योदय जीवन बीमा र बाल समृद्ध जीवन बीमा जस्ता कार्यक्रमलाई सेवा दिँदै आएको धनगढी शाखाका प्रबन्धक लक्ष्मी कान्त जोशीले बताउनु भयो । विहिबार भएको शाखा कार्यालय उद्घाटन कार्यक्रम योगेन्द्र बिक्रम अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि धनगढी शाखा प्रबन्धक लक्ष्मी कान्त जोशी रहनु भएको थियो ।

  • २७ पुष २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !