उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि

आजभोलि

उदयपुर । सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७०० मेट्रिक टन पुर्याइएको हो । उदयपुर सिमेन्ट उद्योगको प्रतिदिन सिमेन्ट उत्पादन गर्ने क्षमता झण्डै ८०० मेट्रिक टनसम्म रहेको छ ।

विगतका दिनमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको थियो । अहिले चौबिसै घण्टा उद्योग सञ्चालन गरेर प्रतिदिन ७०० मेट्रिक टनले सिमेन्ट उत्पादन हुनेगरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडललेजनाएको छ ।

गैँडाछाप सिमेन्टको माग बढ्दै जान थालेपछि उत्पादनमा व्यापक रूपमा नै वृद्धि गर्दै लगेको उद्योग प्रशासनले जनाएको छ ।

  • २७ पुष २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !