सांसद मनाङ्गेलाई ५ वर्ष जेल सजायः सांसद पद स्वतः निलम्बन हुने

आजभोलि

काठमाडौं । मनाङबाट प्रदेश सांसदमा निर्वाचित दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय तोकेको छ । स २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६१ सालमा चक्रे मिलन लगायतमाथि भएको सांघातिक आक्रमणमा मनाङेलाई ५ वर्ष कैद सजाय हुने ठहर गरेकोमा सर्वोच्चले आज सो फैसलालाई सदर गरेको हो ।

उनी चार नम्बर प्रदेश अन्तरगत मनाङको निर्वाचन क्षेत्र ख बाट निर्वाचित भएका थिए । उनलाएै नेकपा एमालले समर्थन गरेको थियो ।

न्यायाधीशद्वय दिपकराज जोशी र पुरुशोत्तम भण्डारीको संयुक्त इजलाशले मंगलबार मनाङ्गेलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा ५ वर्ष जेल सजायको फैसला गरेको हो ।

सर्वोच्चको फैसलासँगै मनाङ्गेको सांसद पद स्वतः निलम्बनमा परेको छ । गत मंसिर १० सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङ्गे प्रदेश सभामा विजयी भएका थिए ।

  • २ माघ २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !