अब सिलवाल देश भित्र जहाँ भएपनि पक्राउ हुनेः लतिलपुर प्रहरीले किन पक्रन सकेन ?

आजभोलि

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा ललितपुरबाट नेकपा एमालेबाट निर्वाचित पूर्व डिआईजी नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको छ।

सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन सातओटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेखेर निर्देशन दिएको हो । यसअघि ललितपुर प्रहरीलाई पक्राउको लागि पत्राचार गरिएको छ ।

लतिलपुर प्रहरीले सिलवाल फेला नपरेको जवाफी पत्र पठाएपछि यो अर्को निर्देशन आएको हो । सिलवाललाई मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्धा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्न भन्दै ललितपुर प्रहरीलाई गएको पुस १८ गते पत्राचार गरेको थियो । तर उनी फेला नपरेपछि सबै प्रदेशमा पक्राउ गरी केन्द्रमा बुझाउन पत्राचार गरेको हो ।

सिलवाल पक्राउ पर्ने डरले देश बाहिर रहेको जनाइएको छ । तर उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा स्पष्ट भएको छैन् । मलेसिया गएको भनिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको रेर्कड नभेटिएको एक श्रोतले बताएको छ ।

  • ३ माघ २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या