भक्तपुरमा एक व्यवसायीको ढुंगा हानेर हत्या

आजभोलि

भक्तपुर । भक्तपुरमा माटो व्यवसायमा संलग्न चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । तर के कारणले कस गरेको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।

उनको शव भक्तपुर ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको आशंका गरेको बताए । उनको मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको बताएको छ ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान शुरु भइरहेको बताएको छ ।

  • ३ माघ २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !