कृषि विकास बैंकको ५१ औं वार्षिकको उत्सव मनाइदैं

आजभोलि

काठमाडौं । बैकको ५१ वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैकले बुधवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले आधुनिक बैकिड प्रणालीको प्रयागे गरी कृषि लक्षित बैकिङ सेवालाई जोड दिने बताए ।

बैंकले संस्थागत सुधारको काम सम्पन्न गरिसकेको र आगामी दिनमा अन्य वणिज्य बैकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढने लक्ष्य लिएको जनाएको छ । कृषि विकास बैंकले देशका २२ प्रतिशत भन्दा बढी जनतासम्म कुनै कुनै सेवाको माध्यमबाट बैक आवद्ध भएको जनाएको छ ।

नेपालका सबै वाणिज्य बैंकहरुको सञ्चालन खर्चको ९० प्रतिशत खर्च कृर्षि विकास बैकको मात्र हुने गरेको भन्दै खर्च कटौती बैककौ लागि आगामी दिनमा मुख्य चुनौतीको रुपमा खडा भएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताए ।

कार्यक्रममा बैंकको पूँजीकोष बढेर २७ प्रतिशत पुगेको, लगानीको करिब ३३ प्रतिशत कर्जा कृषि क्षेत्रमा गएको, स्थापना कालदेखि हालसम्म ८ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेकोतथा आर्थिक वर्ष २०७३–७४मा बैकले कर अघिको कुल मुनाफा ४ अर्ब २४ करोड आर्जन गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

  • ३ माघ २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !