धरानका मेयर ६९ लाखको गाडी किन्दैः किन किन्दै छन् महंगो गाडी ?

आजभोलि

धरान । धरान उपमहानगरपालिका प्रमुख मेयर तारा सुब्बा फेरि विवादमा तानिएका छन्। मेयर भएलगत्तै भुमाफियाको सम्मान थापेर विवादमा तानिएका उनी दोस्रो पटक एमाले नेता पत्नीलाई विनाप्रतिष्पर्धा जागिर लगाएर विवादमा तानिए। तेस्रोपटक मेयर सुब्बाले झण्डै ६९ लाखको गाडी खरिद गर्ने टेण्डर स्वीकृत गराएपछि विवादमा तानिएका छन्।

धरान उपमहानगरपालिकामा तीनवटा गाडी र दर्जन बढी मोटरसाइकललगायत सवारी साधन हुँदाहुँदै मेयर सुब्बाले आफू चढ्नका लागि ६८ लाख ८० हजार ५ सय ३० रुपैयाँको टाटा कम्पनीको हेक्सा गाडी खरिद गर्ने टेण्डर स्वीकृत गराएका छन्।

एमाले सुनसरी १ का अध्यक्ष इन्द्र राईकी श्रीमती र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौलालाई उपमहानरपालिकामा जागिर लगाएर विवादमा परेको घटना सेलाउन नपाउँदै सुब्बाले महंगो गाडी चढ्ने मोह देखाएपछि उनी एमाले कार्यकर्ताको नजरमा समेत विवादित बनेका हुन्।

उपमहानगरपालिका आर्थिक धरासयमा रहँदारहँदै पनि महंगो गाडी किन्ने निर्णय गलत छ, १८ नम्बर वडाअध्यक्ष प्रविण राईले बताए। उनले मेयरको गाडी किन्ने निर्णयले नगरबासीलाई चिन्तित तुल्याएको समेत बताए।

मेयर सुब्बाले अन्य जनप्रतिनिधिले विरोध गर्दागर्दै पनि टाटा कम्पनीको हेक्सा गाडी किन्नलाई डेण्टर स्वीकृत गराएका छन्। सुब्बाले उक्त गाडी खरिदका लागि सिप्रद्धि ट्रेडिङ नैकाप काठमाडौंले हालेको ६८ लाख ८० हजार ५ सय ३० रुपैयाँको बजेट स्वीकृत गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । उनले उपमहानगरपालिकालाई गाडीको अतिआवश्यक परेकाले खरिद गर्न लागिएको बताए।

पास नगराइकन गाडी किन्ने स्वीकृत गराएका सुब्बाको आफ्नै पार्टी एमालेमा समेत असन्तुष्टि बढेको छ। सुब्बाले गाडी किन्ने निर्णय गरेपछि सुनसरी १ ९ख०बाट निर्वाचित संसद प्रदिप भण्डारीले मेयर सुब्बालाई गाडी खरिद गर्ने विवादास्पद निर्णय स्थगित गर्न निर्देशन दिएका थिए।

तर, सुब्बाले गाडी खरिद गर्ने अडानलाई यथावत राखेपछि उनी धरानको विकास र धराने जनताको समस्या समाधान गर्न नभएर गाडी चढ्न मात्र निर्वाचित भएको प्रष्ट भएको युवासंघ नेपालका केन्द्रीय सदस्य ज्ञानदीपले बताए। गाडी खरिदबारे मेयर सुब्बालाई सम्पर्क गर्दा बोल्न नमिल्ने प्रतिक्रिया दिए।

अन्नपूर्ण अनलाइनबाट साभार

  • ८ माघ २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !