आरजुलाई राष्ट्रिय सभामा ल्याउने को को लागी परेका छन्, यस्तो छ रणनीति

आजभोलि

काठमाडौं । सुदूरपश्चिबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका संसद्हरु नेपाली कांग्रेस नेतृ आर जु राणालाई राष्ट्रिय सभामा ल्याउनको लागि पहल शुरु भएको छ ।

कर्ण बहादु मल्ल, रण बहादुर रावल, उमा कुमारी वादी लगायत प्रदेश सांसदले पहल थालेका छन् । उनीहरुले सुदूरपश्चिमको विकासको लागि राणाको महत्वपूर्ण भूमिका हुने दाबी गर्दै आइरहेका छन् । यसको लागि कर्ण मल्लले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको एक श्रोतले जानकारी दियो ।

सुदूरपश्चिमबाट नेतृत्व गर्ने महिला सांसदहूले त एक विज्ञप्ती जारी गरेर नै पार्टी सभापति शेर बहादुर देउवासँग माग नै गरेका छन् । नीहरुले महिला प्रतिनिधित्व कम भएकाले राणालाई राष्ट्रिय सभामा ल्याउन माग गरेका हुन् ।

विज्ञप्ती जारी गर्नेमा सांसद दिव्यश्वरी शाह, उमाकुमारी वादी, नन्दा बम र अम्बिकाकुमारी थापा छन्।

कांग्रेसले प्रदेश ७ मा खुल्लामा १ र महिला तर्फ १ सिट जित्ने सम्भावना छ। महिला तर्फ राणालाई उम्मेद्वार बनाउन उनीहरुले माग गरेका हुन्।

आरजु राणा प्रतिनिधि सभा निर्वाचनमा कैलाली ५ बाट पराजित भएकी थिइन्।

यसरी आरुजु रणालाई राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन दबाब बढ्दै गइरहेको छ । पार्टी भित्र विवाद हुने अवस्था रहे पनि महिलाको प्रतिशत कम रहेकाले राणाको सम्भावना बढ्दै गइरहेको छ ।

  • ८ माघ २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !