क कस्ले गरे दुग्ध विकास संस्थानमा घोटाला ?

आजभोलि

दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन्। संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो। यो खबर आजको नयाँ पत्रिका छापिएको छ।

धेरै कर्मचारीले दूध, दही, घिउ, पनिरलगायत बिक्रीबाट जम्मा गर्नुपर्ने राजस्वबापतको रकम दाखिला गरेका छैनन्। त्यस्तै उत्पादन केन्द्रबाट गोदाममा सामान राख्दा हिनामिना गरिएको छ। ‘उत्पादन केन्द्रमा जम्मा भएको सामान गोदामसम्म पुर्‍याउँदा अपुग देखिएको छ,’ स्रोतले भन्यो, ‘यसरी जिन्सी सामान नै कर्मचारीले अपचलन गरेका छन्।’ हेटौँडा दुग्ध विकास आयोजनाका कर्मचारीले दुग्ध पदार्थ संकलन गरी गोदामसम्म पुर्‍याउँदा कम परिमाण देखाएर नोक्सानी पुर्‍याएका छन्। धेरैले पेस्की लगेका छन्, तर फस्र्योट गराएका छैनन्। नेपालगन्ज दुग्ध वितरण आयोजनाका अर्जुन पन्थीले साढे १० लाख रुपैयाँ कार्यालय कामका लागि पेस्की लगेको विवरण टिपाएका छन्, तर फस्र्योट भएको छैन। केही कर्मचारीले सवारी दुर्घटनामा परी उपचारका लागि लिएको लाखौँ पेस्की फस्र्योट गरेका छैनन्।

यी कर्मचारीले घोटाला गरे

०७४ असार मसान्तसम्म काठमाडौं दुग्ध वितरण आयोजनाका भरतबहादुर क्षत्री, राजु न्यौपाने, जगनरावत थारू, धर्मराज अर्याल, प्रदीपकुमार थापा, देवानसिंह दनुवार, छविलाल आले, रामचन्द्र मण्डल, उपेन्द्रसिंह दनुवार र रमेशचन्द्र ओझाले ७६ लाख ९६ हजार ७ सय ७६ रुपैयाँ घोटाला गरेका छन्।

०७३ चैत मसान्तसम्म विराटनगर दुग्ध वितरण आयोजनाका कृष्णराज पोख्रेल, शैलेन्द्रकुमार देव, दिनेश यादव, महेन्द्र भट्टराई, रामबाबुप्रसाद यादव, शुभनारायण यादव, नन्दकुमार कोइराला, गोपालबहादुर खड्का, खगेन्द्रराज शंसी, किशोरकुमार श्रेष्ठ र शिवप्रसाद राजवंशीले कुल २६ लाख ६७ हजार ६ सय ७२ रुपैयाँ हिनामिना गरेका थिए।

०७३ फागुन मसान्तसम्म जनकपुर दुग्ध वितरण आयोजनाका सुखराम मण्डल, विनोदकुमार थापा, राजकिशोर यादव, हस्तबहादुर घलान, रामानन्द सिंह, विनोदकुमार थापा, श्याम यादव, रामउदित कापर, हरिदेव यादव र कमलेस यादवले कुल २५ लाख ३७ हजार ६७ रुपैयाँ घोटाला गरेका छन्।

०७४ वैशाख मसान्तसम्म हेटौँडा दुग्ध वितरण आयोजनाका रामनारायण प्रधान, गोपालप्रसाद घिमिरे, रविन्द कुमार, रामएकवाल राय, जयबहादुर गोले, गगनदेव साह र बच्चु महराले कुल १९ लाख ९१ हजार ४ सय ५६ रुपैयाँ ५८ पैसा घोटाला गरेका छन्।

०७४ वैशाख मसान्तसम्म नेपालगन्ज दुग्ध वितरण आयोजनाका कैलाश कुँवर, रनेन्द्र अधिकारी र अर्जुन पन्थीले कुल १२ लाख १४ हजार २ सय २५ रुपैयाँ २६ पैसा घोटाला गरेका छन्।

०७४ वैशाख मसान्तसम्म पशु आहारा उत्पादन कारखानाका दिलीप कार्कीले कुल १ लाख ६८ हजार ५ सय ९० रुपैयाँ घोटाला गरेका छन्। सबैभन्दा बढी बालकृष्ण भण्डारी, बुढाथोकी कोल्ड स्टोर (शम्भु), तेजनाथ ढकाल, नेजनाथ ढकाल, सुभाष राई, बुसबहादुर भुजेल, प्रेमप्रसाद पराजुली, विनोद शर्मा र गोविन्दबहादुर गुरुङले कुल ८६ लाख ६६ हजार ५ सय ९८ रुपैयाँ घोटाला गरेका छन्। यी कर्मचारीले अहिले धमाधम आफ्नो भागमा दायित्वबापत रहेको रकम दिन थालेका छन्।

  • १२ माघ २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !