प्रधानमन्त्री देउवाले गरे क्यान्सर र स्पाइनल इन्जुरी र मिर्गौला फेल भएका बिरामीलाई दिने भत्ताको शुभारम्भ

आजभोलि

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवालेमिर्गौला फेल भएका, क्यान्सर स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक हजार भत्ता दिने कार्यको शुभारम्भ गरेका छन्। उनले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा पुगी त्यहाँ बीर अस्पतालमा उपचाररत २१ जना बिरामीलाई हजारका दरले रकम प्रदान गरेका छन्

पुस १३ गतेको मन्त्रिपरिषद् बैंठकले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन मासिक हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो स्वास्थ्य मन्त्रालयले माघ महिनादेखि बिरामीलाई मासिक भत्ता दिने तयारी अनुसार प्रस्ताव अघि सारेको थियो यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि भत्ताको व्यवस्था  गरिएको स्वास्थ्य मन्त्री दिपक बाेहराले बताए

नेपालमा यस्ता बिरामीको संख्या करिब १६ हजारको संख्यामा रहेको अनुमान छ।

स्वास्थ्य मन्त्रालयले बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सुर्तीजन्य पदार्थ मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने जनाएको

यो व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्लास्थित सरकारी अस्पतालको प्रमुख सदस्य जिल्ला स्वास्थ्य प्रमुख सदस्य सचिव हुनेछन् भत्ता रकमको चेक लिनका लागि बिरामी स्वयम् उपस्थित हुनुपर्ने, स्वयम् उपस्थित हुन नसक्ने अवस्था रहेमा अस्पताल प्रमुखको स्वीकृतीमा बिरामीको अभिभावकलाई प्रदान गर्न गरिने, भत्ता पाउने बिरामीको मृत्यु भएमा आफन्तले सोको जानकारी गराउनेपर्ने नगराई भत्ता लिएमा नियमानुसार उपर गरिने स्वास्थ्य मन्त्रालयले जनाएको

मिर्गौला, मिर्गौला, क्यान्सर स्पाइनल इन्जुरी भई पारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत भई सोही अनुसार यो व्यवस्था कार्यान्वयन हुनेछ

सरकारले हाल क्यान्सर स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि लाख रुपैयाँ सहयोग गर्दै आएको छ। यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई लाख बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार प्रत्यारोपणपछि औषधि उपचारका लागि लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

  • १२ माघ २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !