विश्वप्रकाशले भने राज्यको ढुकुटी बढाएको कांग्रेसले खर्च गर्ने हैसियत राख्छ

आजभोलि

पोखरा । नेपाली कांंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने जिकिर गरेका छन् ।

६५ वर्ष पुगेकालाई बृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गर्द  उनले राज्यको ढुकुटी बढाउन कांग्रेसको योगदान रहेको बताए ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘जसले आय गर्ने क्षमता राख्छ, उसले व्यय गर्ने हैसियत पनि राख्छ ।  वितरण मात्र नभई वितरण गर्न सक्ने ढुकुटी बढाउन कांग्रेसले काम गरेको छ कि छैन हेनुपर्छ ।’

नेपाली कांग्रेसले २०५६ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्दा पनि विरोध भएको भन्दै शर्माले अहिले राजश्वमा ३० प्रतिशत योगदान पुगेको जिकिर गरे ।

तत्कालिन अवस्थामा काँग्रेसले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्दा एमालेले ६ महिना संसद अवरुद्ध गरेको थियो । अाज मूल्य अभिवृद्धि कर (भ्याट) का कारण देश प्रशासनिक खर्चमा अात्मनिर्भर भएको छ ।

  • १२ माघ २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !