चम्किलो कोट र मलिन अनुहार : नर्सको पीडा

आजभोलि

काठमाडौं  सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन उनीहरू पेसागत सम्मान सुरक्षा माग्दै आन्दोलित छन् खास मुद्दाका आधारमा सडकमा ओर्लने बानी परेको नागरिक तप्कालाई किन हो, अझै उनीहरूको आवाजले छोइसकेको छैन

बीएस्सी नर्सिङकी छात्रा ऋचा घिमिरे भन्छिन्, ‘हामी किन बिरामी छाडेर आफ्ना लागि सडकमा आउनुपर्‍यो, बताइरहेका छौं हाम्रो अपमान असुविधाबारे सरकार सरोकारवालालाई घच्घच्याउनु परिरहेको ऋचाको मर्कामा आइपुग्नुअघि हामी एकैछिन इतिहासतिर फर्कौं, जसले नेपाल नर्सिङ पढाइ तालिमको विकासक्रम कहाँनेर भन्ने जानकारी दिन्छ

प्रजातन्त्र आएको दुई वर्षपछि २००९ सालमा दुई महिलालाई सरकारले भारत पढ्न पठायो विश्व स्वास्थ्य संघ नेपाल सरकारको संयुक्त सहयोगमा २०१३ सालमा स्कुल अफ नर्सिङ स्थापना भयो स्वेदशमै नर्सिङ तालिम दिन थालियो ०४२ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत रहेका विभिन्न नर्सिङ क्याम्पसबाट करिब दुई हजार पाँच सय नर्सले तालिम लिएका थिए सामान्य नर्सिङ सेवालाई विशिष्टीकरणतर्फ लेजाँदै गर्दा अहिले बढी भएको , नर्सको संख्या नेपाल नर्सिङ संघका अनुसार अहिले ७४ हजार सय ४० जना नर्स छन्

माग थोरै, आपूर्ति धेरै

प्रवीणता प्रमाणपत्र तह अध्यापन गराउने कलेजहरू मुलुकभर सय १७ वटा छन् सीटीईभीटी, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजबाट बर्सेनि सात हजारभन्दा बढी विभिन्न तहका नर्स उत्पादन हुने गर्छन् सीटीईभीटीबाट तल्लो तहका नर्स उत्पादन हुने गरेका छन् भारतका विभिन्न कलेजमा पनि अध्ययन गरी सयौं नर्स नेपाली बजारमा भित्रिने गर्छन् व्यावहारिक अभ्यास नहुने भन्दै भारतमा अध्ययन गरेर फर्केका नर्सलाई नियुक्तिमा दोस्रो प्राथमिकतामा राख्ने गरिएको

शोषणको सिकार

श्रम बजारमा नर्सहरूको अत्यधिक प्रवेशले पारि श्रमिक निकै न्यून हुने गरेको निजी अस्पतालमा अनमी नर्सहरूले मासिक तलब १० हजार सय ५० पाउँछन् भने सरकारी अस्पतालमा १८ हजार सय स्टाफ नर्सले निजीमा ११ हजारसम्म सरकारी अस्पतालमा २३ हजार सय रुपैयाँसम्म तलब पाउँछन् ग्रान्डी, नर्भिकलगायत निजी क्षेत्रका अस्पतालले स्टाफ नर्सलाई १८ हजारसम्म दिने गरेका छन् अन्य कतिपय अस्पतालमा भोलेन्टियरका रूपमा निःशुल्क काम गराउने गरिएको नर्सिङ क्याम्पस महाराजगन्जकी स्ववियु सभापति विमला धमला बताउँछिन्

पलायनको होड

शिक्षण अस्पताल महाराजगन्जकी नर्सिङ निर्देशक कोपिला श्रेष्ठ पालिखेको टेबलमा दिनहुँजसो राजीनामा पत्र लिएर नर्सहरू आउन थालेका छन् शिक्षण अस्पतालमा सेवा गर्न पाउनुलाई नर्सहरू सपनाका रूपमा लिन्छन् कडा प्रतिस्पर्धा गरेर स्थायी सेवा गर्न गएका स्टाफ नर्सको तलब मासिक ४० हजार हाराहारी त्यसबाहेक अन्य सेवासुविधा पनि तर स्थायी भएका नर्सले एक वर्ष सेवा नगर्दै भिसा लगाएर राजीनामा दिने गरेका छन् नर्सिङ निर्देशक श्रेष्ठ भन्छिन्, ‘नयाँ नियुक्ति गरेको केही महिनापछि नै पुराना नर्स भिसा लाग्यो भन्दै राजीनामा लिएर आइपुग्छन् पछिल्लो चार महिनामा ३२ जनाले राजीनामा दिएको प्रशासन स्रोतले जनाएको

सम्झौता कार्यान्वयनमा शंका

नर्सहरूका समस्याबारे साता लामो आन्दोलन गरेको नेपाल नर्सिङ संघ स्वास्थ्य मन्त्रालयद्वारा गठित उच्चस्तरीय वार्ताटोलीबीच भएको ११ बुँदे सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भएको

सम्झौताको पहिलो बुँदा अर्थात् मानव अंग प्रत्यारोपण केन्द्रका करार सेवाका नर्सद्वय त्रजिना जती सजना द्यौलालाई २४ घन्टाभित्र काममा लगाउने सहमति दिनपछि मात्रै कार्यान्वयन भएको उनीहरूलाई प्रक्रिया नै नपुगी व्यवस्थापन पक्षले निष्कासन गरेको थियो तर, संघीय तथा प्रदेश मन्त्रालय तहमा नर्सिङ सेवा महाशाखा स्थापना गर्न मन्त्रालयमार्फत सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने सोको बोधार्थ नर्सिङ संघलाई समेत दिने सहमति अधुरै सरकारीसरह निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सिङलगायत अन्य कर्मचारीको न्यूनतम पारि श्रमिक निर्धारण गरी लागू गर्न एक कार्यदल निर्माण गर्नेलगायत सहमति भएको ,अन्नपूर्ण पाेस्टमा खबर

  • १३ माघ २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !