प्रधानन्यायधिशमाथिको आरोप भण्डारीको “पपुलिष्ट” बन्ने नयाँ काइदा

आजभोलि

प्रधानन्यायधिशमाथिको  आरोप भण्डारीको “पपुलिष्ट” बन्ने नयाँ काइदा

समाचार विश्लेषण, काठमाडौं । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीलाई प्रधानन्यायधिश गोपाल प्रसाद पराजुलीले ज्यान मार्ने धम्कीको अहिलेसम्मम कुनै प्रमाण फेला परेको छैन् । एक श्रातेले बताए अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा महानगरीय प्रहरी बृत्त बानेश्वरले खोजी कार्य गर्दा पनि अहिलेसम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ । वरिष्ठ अधिवक्ता डा. भणडरीले प्रधानन्यायधिश बिरुद्ध २०७४ माघ १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग गर्दै उजुरी दिएका थिए ।

उनले आफूले डा. गोविन्द केसीको पक्षमा तथा प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सर्वोच्च अदालतमा वहस गरेकोले पुष २६ गते बेलुकी अन्दाजी ५ः३०ज्यान मार्ने धम्की दिएको उजुरीमा दाबी गरेका छन् ।

साथै, आफूले नागरिक दैनिकमा प्रधानन्यायधिश पराजुलीको बारे लेख प्रकाशित भएपछि फेरी फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीले निवेदनमा भनेका छन् । तर उनले धम्कीमा के के भनेको थियो । र, कस्तो भाषा प्रयोग गरेको थियो, केही उल्लेख गरेका छैनन् । सामान्य ढाँचामा उनले तथ्य उल्लेख नगरी ठाडो निवेदन दिएका छन् ।

धम्की आएको भनिएको फोन नम्बर प्रधानन्यायधिश गोपाल पराजुलीले प्रयोग नगरेको बताइएको छ । तर उनले निवेदनमा प्रधानन्यायधिशबाट धम्की आएको भनी किटानी जाहेर गरेका छन् ।

डा. भण्डारीले माघ १६ गते २ तिर केही मानिसलाई आफ्नो शंखमुलस्थित घरमा पठाई पुनः धम्की दिएको हुँदा आफ्नो ज्यानमा प्रधान न्यायाधीशबाटै खतरा भएको हुनाले शान्ति सुरक्षाको माग गरेका छन् । तर उनको घरमा केही मानिस पठाई फेरी धम्की दिएको भनेका छन् । केही मानिस भनिए पनि संख्या र हुलिया उल्लेख गरेका छैनन् ।

आधुनिक प्रविधि मोवाइल लगायतमा साधान हुँदा हुँदै पनि किन उनले आफ्नो घरमा आएका मानिसहरुको फोटो सार्वजानिक गरेनन् । अथवा उनलाई के भनेर धम्की दिइएको थियो । त्यो नखुलेको कारण उनले गरेको दाबी प्रति विश्वस्त हुन सकिने आधर नभएको एक आपराध विज्ञले जानकारी दिए ।

वकिलमाथि केही धाम धम्की तथा समस्या आएमा उनीहरुको पक्षमा बोल्ने संस्था नेपाल बार एसोसियसन हुँदा हुँदै किन उनले पहिलो निवेदनमा बारमा दिएनन् । जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि मात्र बारको सचिवलायमा निवेदन दार्ता गराइएको भए पनि एकिन नभएको बार श्रोतले बतायो । उनले बारमाथि अविश्वास गरेका हुन वा नटरेका हुन त्यो बुझन् कठीन भएको एक जना बार सदस्यले प्रतिप्रशन गरे ।

डा. भण्डारी समान्य अधिवक्ता हैनन् । उनी वरिष्ठ अधिवक्त हुन । यसकारण उनले सर्वोच्च अदालतको मानमर्यादामा आँच आउने कार्य गर्नु राम्रो कुरा नभएको एक श्रोतले बतायो । उनीले दिएको निवेदनले सर्वोच्चमाथि नकरात्मक सोचाईको विकास भएको र संस्थामाथि नै प्रश्न चिन्ह खडा भएकोले वरिष्ठ अधिवक्ताको आचरणयुक्त नभएको श्रोतले दाबी गरेको छ ।

उनले निवदेनमा डा.गोविन्द केसीको पक्षमा वकालत गरे वाफत धम्की दिएको भनेका छन् । तर डा. कोसी पक्षमा दर्जनौं अधिवक्ताले बहस गरेका थिए । र स्वयम केसीले पनि प्रधानन्यायधिश बिरुद्ध तथानाम बोलेका थिए । तर प्रधानन्यायधिशले अरुलाई छोडेर किने डा. भणडरीलाइै नै ज्यान मार्ने धम्की दिए त ? यो सबैतिर चासोको विषय बनेको छ ।

न्यायमूर्तिले त्यो पनि वरिष्ठ अधिवक्तालाई बारम्बार ज्यान मार्ने धम्की दिए भनेर पत्याउनु नसकिने एक जना वरिष्ठ अधिवक्ताले दिए बताए । उनले भने बहस वा फैसलामा केही हुन सक्ने भए पनि ज्यान मार्ने धम्की सेचाई भन्दा बाहिरको विषय भएको बताए ।

अहिले न्यायालयमा व्यक्ति चर्चामा आउनको लागि विभिन्न नयाँ नयाँ कार्य हुने गरेका छन् । यसको पछिल्लो कडीको रुपमा डा. भण्डारी र प्रधानन्यायधिशबीचको चर्चा रहेको बताइएको छ । यसले कसरी चर्चामा आउने भन्नेमा होडबाजी बढ्दै गएकोमा बार चिन्तित रहेको बार सचिवालयले जनाएको छ ।

Photo source: google.com

  • २१ माघ २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !